काठमाडौं, २, असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बस्दै छ । बैठकमा अघिल्लो बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल हुने जनाइएको छ ।
नेकपाको सचिवालय बैठक पहिलोपटक पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्न लागेको हो ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।
तिनै निर्णयहरु कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुन लागेको हो । मन्त्रीमण्डल पुर्नगठन पनि छलफलको एजेण्डमा रहेको छ ।
सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव स्थायी समितिले पारित गरेकाले सोही विषयमा सचिवालयमा विस्तृतमा छलफल हुन लागेको हो ।