संयोजकमा–ढकाल

830
views

काठमाडौं । प्रजातान्त्रिक महासंघ नेपालको सूचना प्राविधि तथा प्रचार बिभागको संयोजकमा रोजी ढकाल पराजुलीलाई चयन गरिएको छ ।

महासंघको विधानबमोजिम गठित समितिका सदस्यहरुमा नकुल अर्याल, रिना खनाल, सन्तोषी अधिकारी र निरज तामाङलाई चयन गरिएको महासंघका केन्द्रिय महासचिव भक्तराज भुसालले जानकारी दिए ।

महासंघले नेपाली कांग्रेसको संगठनलाई मजबुत र एकताबद्ध बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नु नेपाल प्रजातान्त्रिक महासंघको मुख्य उद्देश्य रहेको संयोजक पराजुलीले बताइन् ।