निर्वाचनमा होमियो ट्रेड युनियन

825
views

पर्वत, ६, असोज । सरकारले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचनको कार्यक्रम घोषणा गरेपछि पर्वतमा कर्मचारी वृत्तमा निर्वाचनको सरगर्मी बढेको छ ।

आगामी असोज २४ गतेका लागि निर्वाचन मिति तय भएपछी नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती जिल्ला समिति पर्वतले कुश्मामा संगठनको विस्तारित बैठक आयोजना गरी आक्रामक ढंगले सम्पूर्ण तयारीका साथ निर्वाचनमा होमिने निर्णय गरेको छ ।

निर्वाचन तयारीका लागि महासंघ जिल्ला संयोजक रूद्र शर्मा सापकोटाको संयोजकत्वमा ५१ सदस्सीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । निर्वाचनमा महासंघ, निजामति, बैक तथा बित्तिय, स्वास्थ्य, स्थानिय, संस्थान लगायग सबै कमिटीहरू परिचालन गरिने भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारि संगठन निजामतिका जिल्ला अध्यक्ष उमेश सापकोटाको संयोजकत्वमा ३१ सदस्यिय निर्वाचन परिचालन मूल समिति, कोषादक्ष रामकृष्ण अर्यालको संयोजकत्वमा ५ सदस्यीय अर्थ व्यवस्थापन उप समित, सदस्य सुमन गौडेलको संयोजकत्वमा ७ सदस्यीय कार्यालय व्यवस्थापन उप समिति तथा महासंघ सचिव डिल्लिराम रेग्मिको संयोजकत्वमा ७ सदस्यीय सम्पर्क समन्वय उप समिति लगायतका निर्वाचन केन्द्रित विभिन्न ६ वटा उपसमितिहरू गठन गरिएको छ ।

भेलामा नेपाल राष्ट्रिय कर्मचारी संगठन, गण्डकी प्रदेश सदस्य रामकृष्ण अर्यालले साँगठनिक एकता प्रक्रियामा हालसम्म भईरहेको गतिबिधिका बारेमा जानाकारी गराउदै आसन्न ट्रेड युनियन निर्वाचनमा परिणामलाई आफ्नो पक्षमा पार्नका लागि अपनाउनुपर्ने विभिन्न उपायहरूको बारेमा प्रष्टाएका थिए ।

महासंघका जिल्ला अध्यक्ष रूद्र शर्मा सापकोटाले आधिकारिक ट्रेड युनियनको निर्वाचनलाई आफ्नो संगठनले अत्यन्तै महत्व दिएकोले यसपटकको चुनावमा उल्लेख्य परिणाम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल राष्ट्रिय कर्मचारि संगठन निजामतिका जिल्ला अध्यक्ष उमेश सापकोटाले हालसम्म आफुले गरेका सांगठानिक क्रियाकलापहरू अब्बल रहेको तथा हाल संगठनका सम्पूर्ण कार्यक्रमहरू निर्वाचन केन्द्रित भएको जानकारी दिँदै चुनावमा सक्रिय भएर परिचालित हुन पर्वत जिल्ला स्थित सम्पुर्ण समितिका सदस्यहरु लगायत सम्पुर्ण मतदाता कर्मचारिहरूलाई अनुरोध गरे ।