पहिरो गयो, त्रास गएन

फलेवास नगरप्रमुख शर्मा भन्छन् : ढुक्क हुनुहोस् जोखिम हटाउँछु

1144
views

गोपाल जिसी
पर्वत, ६, असोज । फलेवास नगरपालिका वडा नं ३ साविक शंकरपोखरीका दुई बस्तिमा पछिल्लो समयमा आएको बाढी पहिरोले क्षतविक्षत पुर्याएको छ । 
एकसाताअघि आएको बाढीले घर÷बस्ति घेरेर पहिरो गएपछि उक्त पहिरोले चर्काएको भाग कतिबेला जाने हो र जनधनको क्षति हुने हो भन्ने त्रासले स्थानीयलाई चिन्तित बनाएको छ ।

बस्तीमा पहिरो गएको ठाउँमा फेरी कतिबेला खस्ने हो भन्ने त्रास छ भने पहिरो संकलित घरधुरीमा कतिबेला आएर पुरिदिने हो भन्ने सन्त्रास कायमै छ ।

एकसाताअघि करिब एकहजार मिटर माथिबाट आएको पहिरो घरभित्र पसेको दिनदेखी सामान्य पानी आउँदा पनि निद्रा नै लाग्न छाडेको दिनेश लामिछाने बताउँछन् ।

आफ्नो घर पहिरोको जोखिममा परेपछि न घर सार्न सकिएको न पहिरो रोकथाम गर्ने आर्थिक अवस्था भएको बताउँदै तारा लाम्गादेले भन्छिन् ‘स्थानीय सरकार प्रमुख पहिरो जोखिम वस्तीमा आउँदा संरक्षित हुने आशा पलाएको छ ।’

यसैबीच बाढी पहिरोको उच्च जोखिममा रहेको बस्तीमा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले स्थलगत अनुगमन गरेका छन् ।

वाढी पहिरोको जोखिममा रहेको फलेवास नगरपालिकाको वडा नं ३, साविकको शंकरपोखरी गाविस अन्तरगत लामगादे बस्ती र लामिछाने बस्तीको स्थलगत अवलोकन गर्दै नगरपालिका प्रमुख शर्माले तीनै तहका सरकारको उपस्थिति गराएर जोखिम न्युनिकरण गर्ने बताएका छन् ।

शमाृले बाढी पहिरोले बस्तीमा पुर्याएको क्षतिप्रति दुःखित बनाएको बताउँदै पहिरो गएको स्थलदेखी पहिरोले पुरेको लामिछाने बस्तिलाई त्रासमुक्त गराउन नगरपालिकाले विज्ञ प्राविधिक खटाएर जोखिम न्युनिकरणको पहल थाल्ने बताए ।

नगरप्रमुख नेतृत्वको अध्ययन टोलीमा नेकपा वडा समितिका अध्यक्ष कमल प्रसाद भुसाल, फलेवास नगरपालिका कृषि शाखाका अधिकृत सनतोष सुवेदी, नेकपाकी जिल्ला कमिटी सदस्य एवं समाजसेवी तारा कुमारी रिजाल, टोल विकास समितिका अध्यक्ष लोकप्रसाद लामगादे, समाजसेवी गोपी लामगादे, नेकपा वडा समितिका युवा नेता जगतप्रसाद लामिछाने, सञ्चारकर्मी एवं स्थानीयको सहभागिता रहेको थियो ।

बाढी र पहिरोका कारण तारा कुमारी लामगादे, दिनेश लामिछाने, थानेश्वर लामिछाने, दुर्गाप्रसाद लामिछाने, राजेन्द्र लामिछाने र गोविन्द भुसालको घर जोखिममा रहेका छन् ।