विश्वभर कोरोनाका कारण १० लाखको मृत्यु

390
views

एजेन्सी, १३ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु १० लाखको मृत्यु भएको छ । कुल संक्रमितको संख्या ३ करोड ३५ लाख पुगेको छ ।

विश्वभर कुल संक्रमितमध्ये मृतकको संख्या झण्डै तीन प्रतिशत हुन आउँछ । संक्रमितमध्ये २ करोड ४८ लाख संक्रमणमुक्त भइसकेका छन् ।

सबैभन्दा बढी अमेरिकामा २ लाख ९ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यहाँ ७३ लाख संक्रमित भइसकेका छन् । भारतमा ६१ लाख कोरोना संक्रमितमध्ये ९६ हजारको मृत्यु भइसकेको छ ।

कोरोनाविरुद्धको भ्याक्सिन विकास नहुँदा मृतक र संक्रमितको संख्या अझै बढ्न सक्ने देखिएको छ ।