महोत्तरीमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारी पक्राउ

585
views

महोत्तरी । महोत्तरीमा जबरजस्ती करणीको आरोपमा एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सोही वडाका सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

ती महिलाले दिएको बयान र जाहेरीका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको र उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।