कात्तिक मसान्तसम्म सीमानाका बन्द

564
views

काठमाडौं, २७, असोज । सरकारले कात्तिक मसान्तसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी ३० कात्तिकसम्म सीमानाका बन्द गर्ने निर्णय गरेको हो ।

देशभित्र कोरोना जोखिम बढदै गएको र चाडवाड नजिकिदै गरेकाले सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

सरकारको निर्णयसँगै दशैं र तिहारमा भारत पुगेकाहरु देशभित्र फर्कन निकै समस्या भोग्नुपर्ने हुनसक्छ ।