मन्त्रिमण्डल पुनर्गठन : विष्णु पौडेल अर्थमन्त्री

798
views

काठमाडौं, २८, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । पूर्नगठित मन्त्रीमण्डलमा नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिईएको छ ।

प्रधानमन्त्रीले केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारीमा तानेका छन् ।

ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् ।