कोरोना संक्रमित कमल थापाको प्रतिक्रिया : कोरोना साईफोविया

1268
views

काठमाडौं, २९, असोज । राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी दिदैं कोरोना पोवियाबाट त्रसिन नहुने तर आत्मबल बढाएर युवावृद्ध सवैले कोरोना जित्नुपर्ने बताए ।

थापाले सामाजिक सञ्जालमा लख्दै : ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ । अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु ।’