२३ किलो सुन र दुई किलो चाँदी बरामद

736
views

वीरगञ्ज, १, कार्तिक । वीरगन्जको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेको छ । प्रहरीले छापा मारेको अर्पाटमेण्टबाट २३ किलो बढी सुन र दुई किलो चाँदी बरामद गरेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टमा प्रहरीले केही दिनदेखि निगरानी गरेको थियो ।

निलो प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले पत्रकार सम्मेलन गरी जानकारी दिईन् ।

केही दिनदेखि निगरानी गरेको प्रहरीले शनिबार अपार्टमेन्टबाट एक केजीका दरले १३ वटा सुनका बिस्कुट १३ केजी, मझौला सुनका बिस्कुट ४६ पिस आठ केजी पाँच सय ७६ ग्राम । बिस्कुट सानो १०० ग्रामको दरले १० पिस एक केजी बरामद गरेको हो ।

सुन बरामद भएको अपार्टमेन्टको फ्ल्याट र त्यसका धनीको अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् ।