बड्डोका पीडा : हात,गोडा खाईनाछन् ‘गिट्टिले’

883
views

जितेन्द्र थापा
[स्थलगत रिर्पोट]


दैलेख, २, कार्तिक । दिउसोको टण्टलापुर घाम, शिरमा नेपाली टोपी, शरीरमा स्वीटर । छातालाई छडिमा अड्काएर काममा एकत्रित आउसे सुजी हात, गोडा देखाउँदै भन्छ्न् गिट्टि कुट्टा कुट्टा हातगोडा खाईनाछन् ।

दैलेख ठाटीकाँध गाउँपालिका वडा नं १ सिराडिका आउँसे सुजीले गिट्टि कुटेर आफ्नो दैनिकी चलाउँछन् । मिर्मिरेबाट काम शुरु गर्दछन् बेलुका गोधुलीसम्म ।

ठाटीकाँध गाउँपालिका वडा–१ को मुख्य आवतजावत हुने ठाउँ भैरव थान नजिकै बसेर गिट्टि कुटेरै दैनिकी चलाउँदै आएका सुजी दिनभर गिट्टी कुटेर प्रतिबोरा ७० रुपैयाँमा बिक्री हुने गरेको बताउँछन् ।

सुजीले श्रीमती हुँदा भैँसी पाल्दा रहेछन् । दुध, घ्यु बेचेर हातमुख जोड्थे । ६ बर्षअघि श्रीमती खसेपछि भने उनी गिट्टी कुटेर जीवन गुजारा चलाउँदै आएका छन् ।

सुजीले स्थानीय सरकारको गठनपछि खानबस्नको दुःख पाईदैन् भन्ने बुझेका रहेछन् । तर, गास, बास, कपास पाईन्छ भनेको त गिट्टी गुजारा समेतमा कर तिनुपर्ने पो रहेछ भन्छन, ‘म बड्डोका पीडा कस्ले बुझिदिने ।

गाउँगाउमा सिंहदरवार आएपनि कुनै परिर्वतन नभएको र उल्टै विनास भएको उनले गुनासो गरे । उनले भने ‘स्थानिय सरकार आएपनि बुढाबुढिका समस्या ज्युँका त्युँ रहेका छन् ।

उमेरले ७४ बर्षमा टेकेका सुजीका १६ वर्षिय नाती छन् । बुढेसकालमा दिनमा दश कट्टा गिट्टी कुटेर नाती पालेका उनले अब भने नातीकै आडभरोसामा बस्ने बताउँछन् ।