कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि

614
views

काठमाडौं । कोरोना महाकारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ ।

कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बढ्दो कारोना संक्रमणको अवस्थामा विद्यार्थीहरु अन्यौलमा भइरहेका बेला मंसिर ९ गतेबाट तय भएको परीक्षाले विद्यार्थीमा उत्साह जगाएको छ ।