चितवनमा कोरोना संक्रमित गर्भवतीको मृत्यु

609
views

चितवन, ६, कार्तिक । कोरोना भाइरस कोभिड–१९ का कारण चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जना गर्भवतीको मृत्यु भएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्दै आएकी ३३ वर्षीया महिलाको बिहीवार बिहान उपचारको क्रममा मृत्युु भएको हो । उनको अवस्था जटिल भएपछि बुधबार भेन्टिलेटरमा राखिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिएकी मृतक महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

खोकी, श्वासप्रश्वासमा समस्या देखिएकी महिलामा ३७ हप्ताको गर्भ रहेको अस्पताल स्रोतले जनाएको छ ।