प्रहरी र तस्करबीच भएको झडपमा तीन घाइते

652
views

बारा, १३, कातिक । प्रहरी र तस्करबीच झडप भएको छ । झडपमा दुई प्रहरी सहित तीन जना घाइते भएका छन् ।

बाराको सुवर्ण गाउँपालिका वडा नम्बर २ कवहीगोठ टोल भएर बुधबार राती करिब ७ बजे भारतबाट आठ बोरा प्याज नेपाल भित्राउदै गरेको अवस्थामा पक्राउ गरि जिल्लाबाट गाडी बोलाएर पठाएको बिरोधमा झडप भएको हो ।

झडप नियन्त्रण गर्न प्रहरीले करिब १० राउन्ड हवाई फायर गरेको बाराका प्रमुख जिल्ला अधिकारी दीपकराज पाण्डेले बताए ।

झडपमा ईलाका प्रहरी कार्यालय कवहीका प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरी, एक प्रहरी जवान र एक जना तस्कर वा सर्वसाधारण घाइते भएका छन् । ति दुईजनाको नाम खुलेको छैन ।