पछिल्लो २४ घण्टामा थप २९०९ जनामा संक्रमण

467
views

काठमाडौं, २१, कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् ।

जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।