बागलुङमा कोरोनाले यूवासहित तीन जनाको मृत्यु

967
views

सीताराम थापा
बागलुङ, २१, कात्तिक । बागलुङका २९ बर्षिय युवा सहित कोरोना संक्रमित तीन जनाको मृत्यू भएको छ । २९ बर्षिय युवाको कोरोना संक्रमित पुरुषको उपचारको क्रममा शुक्रवार र अर्का बानपा २ का ८१ बर्षिय आर्मीको मृत्यु भएको हो । यो संगै बागलुङमा कोरोनाबाट ८ जनाको ज्यान गइसकेको छ ।

जिल्लाको जैमिनी नगरपालिका–९ पैयूथन्थापका ती युवाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहिबार राती ८ः ५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचार गराईरहेका थिए । निमोनिया लगायतका समस्या रहेका उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

गत बुधबार बागलुङमा मृत्यु भएका बागलुङ नगरपालिका–२ का ८१ बर्षिय पुरुषको पनि कोरोना भाईसर जाँचको रिपोट शुक्रबार मात्र पोजिटिभ भएकने पुष्टि भएको छ ।

त्यस्तै स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार पोखरा महानगरपालिका वडा नं. १० का ७७ बर्षिय पुरुषको बिहिबार राति उपचारकै क्रममा मृत्यु भएको छ । उनमा कात्तिक २ गते संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार कोरना संक्रमितले पुष्टि भएर मृत्यू भएका पुर्व प्रहरी नायव निरीक्षक रहेका उनलाई प्रहरीले अन्तिम सलामि दियको प्रहरी निरीक्षक लोकेन्द्र श्रेष्ठले बताए। धौलागिरी अस्पतालको प्राङ्गानमा प्रहरीको सलामीपछि बृद्वको शव नेपाली सेनाले ब्यवस्थापन गरेको थियो ।

बागलुङको निरयाघाटमा उनको शवमा सेनाको अन्तिम सलामी सहित ब्यवस्थापन गरेको थियो । स्वासप्रश्वास र रक्तचापको समस्या भएपछि अस्पतालको सघन कक्षमा उपचार गरिएको र कोरोनाको लक्षण मिलेपछि स्वाव पोखरा पठाईएको धौलागिरी अस्पतालले जनाएको छ।

यसअघि मात्र धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको थियो ।

कात्तिक १२ गते गम्भीर बिरामी भएपछि अस्पताल आउनुभएको थियो, कोभिड टेष्ट गर्दा पोजेटिभ देखियो,’ उनले भने,‘अवस्था गम्भीर भएपछि उही दिनदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । मंगलबार बिहान १० बजेर २० मिनेटको समयमा उहाँका मृत्यु भएको छ ।

पहिलेदेखि नै सुगर र थाईराइडको समस्या रहेका ती व्यक्तिमा कोरोना संक्रमणपछि मृर्गौलामा समेत काम गर्न छाडेको अस्पतालका मेडिकल सुपरिट्णडेन्ट शैलेन्द्र बि पोख्रेल बताउनुहुन्छ ।