ठाटीकाँधका पहिरो पीडितलाई खाद्यान्न सहित  नगद सहयोग

955
views

दैलेख । जिल्लाको ठाटीकाँध गाउँपालिकामा शुक्रवार पहिरो पीडितहरुलाई खाद्यान्न सहित राहत वितरण गरिएको छ ।

गएको भदौमा पहिरोका कारण आंशिक रुपमा घरजग्गा क्षति भएका पिडितहरुलाई राहत वितरण गरिएको हो । घरजग्गा क्षति भएका एक सय २१ घरपरिवारलाई राहत वितरण गरिएको छ ।

डिसिए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र दैलेखले खाद्यान्न वितरण गरेको हो । ठाटीकाँध गाउँपालिका वडा नम्बर २ का ४८, ३, का ७२ र वडा नम्बर ६ का एक घरपरिवारलाई खाद्यान्न वितरण गरिएको सामाजिक सेवा केन्द्र दैलेखका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारि दिए ।
पिडितहरुले प्रतिबोरा ३० केजी चामल, दुई के जी नुन, ३ केजी दाल र दुई लिटर तेल सहयोग पाएका छन् ।

पहिरोले घर भत्काएर विस्थापित भएका ७२ घर परिवारहरुलाई संस्थाले नगद पन्ध्र हजार सहयोग गरेको छ ।

गाउँपालिका र वडा कार्यलयको समन्वयमा विस्थापित घर परिवारलाइ प्रति परिवार पन्ध्रहजारका दरले सहयोग प्रदान गरिएको हो । ठाटीकाँध गाउँपालिका १ का १२, वडा २ का १० वडा ३ का १८, वडा ४ का १४ वडा ५ का १७ र वडा ६ का २ घरपरिवारले पन्ध्रहजारका दरले नगद सहयोग पाएका छन् ।

गएको साउन र भदौमा गएको पहिरोका कारण पुर्ण र आंशिक रुपमा क्षति भएका घरपरिवारलाई खाद्यान्न र नगद सहयोग गरिएको उपकार्यकारि श्रेष्ठले बताए ।
पहिरोका कारण खाद्यान्न समस्या झेल्दै आएका पिडितहरुले राहत पाएपछि राहत महसुस भएको बताएका छन् ।

गएको भदौमा गएको बाढिपहिरोले घरसहित घरमा भएका अन्न गेडागुडि लत्ताकपडा सबै बगाएर लगेपछि निकै समस्या भएको थियो संस्थाले खाद्यान्न् र पैसा सहयोग गरेपछि आफुहरुलाई ठुलो राहत भएका ठाटीकाँध गाउँपालिका वडा नम्बर ३, का कर्णबहादुर मगरले बताए ।

गएको भदौमा ठाटीकाँधमा ठुलो पहिरो गएको र पहिरोले ठुलो क्षति गरेको वडा नम्बर ३, का वडा अध्यक्ष कर्ण बहादुर शाहीको भनाई छ । गाउँपालिका र वडा कार्यलयको पहलमा संस्थाले खाद्यान्न सहयोग गरेको शाहीले बताए ।