अपराध न्युनिकरण गर्न घरेलु मदिरा नष्ट

963
views

यज्ञ बहादुर थापा
पर्वत, २४, कार्तिक । घरेलु मदिराका कारण सामाजमा विकृति, घरेलु हिंसा र झै–झगडा बढ्दै गए प्रहरीले अवैध र गुणस्तरहीन घरेलु मदिरा खोजी गरि नष्ट गरेको छ ।

घरेलु मदिरा नष्ट गर्ने अभियानलाई निरन्तरता दिदै समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पर्वत तथा सामुदायिक प्रहरी सेवा केन्द्रले कुश्मा नगरपालिका वडा नं. ४, ५ र ७ का विभिन्न स्थानहरुमा अवैध रुपमा उत्पादन र सचय गरेको घरेलु मदिरा नष्ट गरेको हो ।

प्र.ना.नी. पूर्णिमा थापाको कमाण्डमा १४ जनाको टोलीले घरेलु मदिरा १५० लिटर, मदिरा बनाउने कच्चा पदार्थ ७ हजार लिटर र मर्चा ४० किलोग्राम नियन्त्रणमा लिएर नष्ट गरेको प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए ।