पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २७ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि

535
views

काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख २७ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ६ लाख ७७ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

सगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ६ लाख ७६ हजार ७२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २१४ संक्रमितको मृत्यु भएको छ । यसैबीच, कोरोनाका कारण हालसम्म विश्वमा १२ लाख ६१ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।