भेन्टिलेटर सहित १८ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

580
views

धनगढी, १५, मंसिर । सेती प्रादेशिक अस्पताल धनगढीमा सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको छ । ति सामाग्रीहरु सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा. हेमराज पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका सामग्री रु. १६ लाख ३२ हजार आठसय पचास मूल्यको आइसीयूमा प्रयोग हुने भेन्टिलेटर, ६ हजार सर्जिकल मास्क, २५ सय जोडी सर्जिकल पञ्जा, ५० थान सुरक्षा पोशाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा रहेको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

अस्पताललाई दिएका सामाग्री १८ लाख ५१ हजार एक सय रुपैयाँको रहेको पौडोलले बताए ।

कार्यक्रममा नेरेसोका केन्द्रीय महामन्त्री पिताम्बर अर्याल, केन्द्रीय सदस्य द्धय जीवन राना र उद्धव भट्टराई, विपद् व्यवस्थापन निर्देशक बिपुल न्यौपाने, स्वास्थ्य सेवा विभागका उप निर्देशक शिवराम गौतम र कोकाकोलाका प्रतिनिधि शुभाष दाहालको सहभागिता रहेको थियो ।

सो अवसरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिडको संक्रमण फैलन सक्ने भएकाले थप तयारी बढाउनुपर्ने बताए ।

कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा सुरक्षा सामग्री तथा उपकरण हस्तान्तरण गरिएको हो ।