प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र (पत्र सहित)

1342
views

पर्वत । अखिल नेपाल महिला संघ जिल्ला समिति पर्वतले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएको छ । समाजमा महिलामाथि हुने महिला हिंसाका घटनाहरु गम्भिर समस्याको रुपमा देखिएको भन्दै महिला हिंसा रोक्नका लागि १५ बुंदे माग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाएको हो ।

अखिल नेपाल महिला संघ पर्वतका अध्यक्ष ईन्दिरा शर्माको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मी मार्फत ज्ञापन पत्र बुझाइएको हो ।

सो ज्ञापन–पत्रमा महिला हिंसालाई कम गर्न सरकार गम्भिर बन्न नसकेको भन्दै विद्यमान कानूनलाई थप कडा बनाउन, कानूनको कठोर रुपमा कार्यान्वयन गर्नका साथै छिटो छरितो रुपमा न्यायको व्यवस्वथा गर्न समेत सो ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।