विश्वभर ६ करोड ८५ लाख बढी कोरोना संक्रमित

737
views

काठमाडौं, २४, मंसिर । विश्वभर कोरोना भाइरस कोभिड–१९ का ६ करोड ८५ लाख बढी संक्रमित भएका छन् । जसमध्ये मृत्यु हुनेको संख्या साँढे १५ लाख ६३ हजार छ ।

पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७४ लाख संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९५ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ५५ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ९३ हजारको मृत्यु भएको छ । भारतमा ९७ लाख संक्रमितमध्ये एक लाख ४१ हजारको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म २ लाख ४३ हजार ३ सय ७७ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १६ सय ३७ जनाको मृत्यु भएको छ ।