काठमाडौं, २५, मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोरोना महामारी नियन्त्रणमा सफल भएको बताएका छन् ।
विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीले महामारी नियन्त्रणसँगै अब कोरोना भाइरसविरुद्धको खोप सबै नागरिकको पहुँचमा पुर्याउन आवश्यक गृहकार्य जुटेको बताएका छन् ।
प्रधानमन्त्रीले तीनै तहका सरकार स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त भई लागेको पनि दावि गरेका हुन् ।
नेपाल महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।