संघीय जनगणतन्त्र स्थापनाको माग गर्दै प्रर्दशन

542
views

पोखरा, २५, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) प्रदेश नं ४ मा वर्तमान राज्यसत्ता र सरकारको विकल्पमा संघीय जनगणतन्त्र स्थापनाको माग गर्दै विरोध प्रर्दशन गरेको छ ।

पोखराको पृथ्वी चोकमा भएको विारेध प्रर्दशन कार्यक्रममा सो पार्टीका पोलिट ब्युरो सदस्य तथा प्रदेश नं ४ का ईन्चार्ज चन्द्रहरी सुवेदीले वर्तमान राज्य सत्ता र सरकारको चर्को आलोचना गर्दै संघीय जनगणतन्त्र स्थापना गर्नुपर्ने बताएका छन् ।

सुवेदीले दुई तिहाईको सरकारले भारतद्वारा कब्जा गरिएको लिम्पियाधुरा सहितको भू–भाग फिर्ता गर्न नसकेको भन्दै सरकारले गुमेको जग्गा फिर्ता गर्नुको अलवा एमसीसी मोहमा देशको राष्ट्रिय स्वाधिनता बिक्री गर्न लागेको आरोप लगाए ।

उनले मुलुकमा भ्रष्टाचार, महङ्गी, बलात्कार तथा हत्या, हरेक निकायमा कार्यरत मजदुरहरुको निष्काशन भइरहँदा समेत सरकार मौन रहेको बताए ।

नेता सुवेदीले देशमा किसानहरुका लागि मलखाद तथा उत्पादित वस्तुको बजार एवम् सहुलियत ऋणको व्यवस्था, स्वदेशमै रोजगारीको सुनिश्चितता, शिक्षा तथा स्वास्थ्यको राष्ट्रियकरण, मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम सहितका उत्पीडित वर्ग तथा जनसमुदायका हक, हित तथा जनजीविकाका विषयमा सरकार चुकेको भन्दै वर्तमान व्यउवस्थाबाट यि सबै समस्याको हल नहुने भएकोले संघीय गणतन्त्रबाट मात्रै सफल हुने बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सल्लाहकार भिम बहादुर श्रीसको अध्यक्षतामा भएको विरोध सभामा देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश नं ४ का अध्यक्ष नेत्र रानाभाट, पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल राष्ट्रिय मगर मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष निल बहादुर पुन लगातका नेताहरुले वर्तमान राज्य सत्ता र अलोकप्रिय सरकारको आलोचना गरेका थिए ।

उक्त विरोध सभामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज राम्जी थापाले स्वागत तथा सो पार्टीका केन्द्रिय सदस्य एवं युवा नेता नारायण अधिकारीले सञ्चालन गरेका थिए ।