चन्द्रागिरिमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

359
views

काठमाडौं । चन्द्रागिरिमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित मसिने सालघारीमा ना२क ३२३ नम्बरको मिनीट्रक दुर्घटना भएको महानगरीय प्रहरी कार्यालय थानकोटका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले जानकारी दिए।

थापाका अनुसार घटनामा दुई जनाको ज्यान गएको छ। उनीहरूको अहिले परिचय भने खुलिसकेको छैन। प्रहरी घटनास्थलमा पुगिसकेको र थप अनुसन्धान भइरहेको छ।