सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हट्यो

658
views

काठमाडौं, ३, पुस । कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ ।

बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदूरसहित बसेको बैठकले शुक्रवारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

जोर विजोर प्रणाली हटेपनि सार्वजनिक तथा निजी सवारी साधनमा स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।