काठमाडौ, ५, पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक, अलोकतान्त्रिक, प्रजातान्त्रिक मूल्य मान्यता विपरीत र प्रतिगामी निर्णय भएको ठहर गरेको छ ।
आइतबार बसेको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले संविधानले मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था परिकल्पना नै नगरेको भन्दै सरकारको कदम संविधान विपरीत भएको निश्कर्ष निकालेको हो ।
पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले उक्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी निर्णयको विरोध र भर्त्सना समेत गरेको छ ।
मन्त्रिपरिषदको निर्णयको पक्षमा उभिएर राष्ट्रपतिले राष्ट्रप्रमुखको तटस्थ भूमिकालाई विवादास्पद तुल्याएको पनि राप्रपाले बताएको छ ।
बैठकपवछि प्रेस वक्तव्य जारी गर्दै राप्रपाले ‘प्रतिनिधिसभा विघटनको पछिल्लो घटनाक्रमले २०६२÷६३ पछि अवलम्बनपछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको उल्लेख गरेको छ’
केन्द्रीय सचिवालयका प्रमुख भास्कर भद्रा र ध्रुवबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राष्ट्रिय मेलमिलापको नीति अनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रुपमा प्रयोग गर्न पनि अपिल गरेको छ ।