काठमाडौं, ६, पुस । संसद बिघटनको विरोधमा सिंहदरबारबाहिर प्रदर्शन गर्न गएका मावन अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असंबैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरमा प्रतिनीधि सभा गरिएको भन्दै मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिण ढोका अगाडि प्रदर्शन गर्न लागेका थिए ।
प्रदर्शनका क्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, पुर्व महासचिव कुमारराज सुवेदी, सचिव बलबहादुर गाहा मगर लगाएत १६ जनालाइ प्रहरीले पक्राउ गरेको समाजले जनाएको छ ।
बिरोध प्रदर्शनमा संसद बिघटन लोकतन्त्रको सबैभन्दा ठुलो उपहास, कुशासनमा लिप्त ओली सरकारःप्रतिगमनको सबैभन्दा ठुलो मतियार लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।