दाहालले गरे कांग्रेससँग सहकार्यको प्रस्ताव

730
views

काठमाडौ, ७, पुस । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्ष र नेपाली कांग्रेसका नेताहरूले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा जाने तयारी गरेका छन् । दुवैतर्फका शीर्ष नेताहरूसहित सांसदहरूले निवेदन दिने तयारी गरेका छन् । सोमबार दिनभरको छलफलपछि केही कानुन व्यवसायीले रिटको मस्यौदा गरिरहेका छन् ।

‘कम्तीमा १ सय ३८ जना सांसदको प्रतिनिधित्व हुने गरी निवेदन दिने तयारी भएको छ,’ अधिवक्ता गोविन्द बन्दीले भने, ‘मंगलबार नै दर्ता प्रक्रिया टुंगिने गरी काम गर्दा सबै सांसद उपस्थित हुन कत्तिको सम्भव हुन्छ, त्यो विचार गर्नुपर्छ । नभए पछि बहुमतको प्रतिनिधित्व हुने गरी सांकेतिक रूपमा प्रमुख दलका नेताहरू उपस्थित हुनुहुनेछ ।’

बरु एक दिन पर्खेर भएपनि निवेदनमै बहुमतको उपस्थिति देखाउने उनीहरूको रणनीति छ । कान्तिपुर दैनिकबाट