बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेट

732
views

काठमौ, १३ पुस, काठमाडौं । नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको छ ।

बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भएको हो ।

यसअघि चिनियाँ टोलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेको छ । खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर आएको हो ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ ।