सुर्खेतमा मोटरसाईकल दुर्घटना, दुईजना घाइते

512
views

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर यरिचौकमा मोटरसाईकल दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् ।

फोरलेन सडकको यरिचौक–मुलपानी खण्डको सुर्खेत हस्पिटल नजिकै मोटरसाईकल दुर्घटना भएको हो ।

मुलपानीतर्फ जाँदै गरेको भे ८ प ५५१३ नम्बरको मोटरसाईकललाई भे ५ प १८१४ नम्बरको मोटरसाईकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

आचार्यका दुर्घटनामा वीरेन्द्रनगर–४ का २० वर्षीय राजेन्द्र बस्नेत र वीरेन्द्रनगर–१३ का २१ वर्षीय राम शंकर बुढा घाइते भएका छन् ।

बस्नेतले चलाएको मोटरसाईकलले बुढा सवार मोटरसाईकललाई ठक्कर दिएपछि दुर्घटना भएको प्रमुख आचार्यको भनाई छ ।

ठक्कर दिने चालक बस्नेतलाई बढी चोट लागेको र उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । बुढाको अवस्था सामान्य छ । तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाई छ ।