४०३ कोरोना संक्रमित, ७ जनाको मृत्यु

414
views

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४०३ कोरोना संक्रमित थपिए । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय ९४ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५५ हजार ८८ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८९ पुगेको छ ।