पर्वत, २१, पुस । पर्वतको मोदी गाउँपालिकाले आफ्नै लोगो (निशान छाप) तयार गरेको छ । गाउँपालिकाको पहिचान झल्किने लोगो तयार गरेको जनाएको छ ।
मोदी गाउँपालिकाले तयार गरेको लागोमा गाउँपालिकाका सवै पहिचान, नेपालको झण्डा, मोदी गाउँपालिकाको प्रमुख उत्पादन धानका वाला, मोदी गाउँपालिकाका विभिन्न जंगलमा पाईने ८ वटा गुँरास, प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे जस्तो देखिने पहाड, र विभिन्न जठिवुटीहरु पाईने जंगल समेत लोगोमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए ।
त्यसैगरी गाउँपालिकाभित्र पाईने विभिन्न पंक्षिहरुको तस्विर पनि लोगोमा रहेको छ भने गाउँपालिका भित्र रहेका होमस्टे, झरना समेत राखिएको छ ।
त्यसैगरी लोगोको मध्य भागमा केरा र सुन्तलाका बोटहरु राखिएको छ भने मोदी गाउँपालिकाको बीचमा बगिरहेको उर्जानदिनको रुपमा रहेको मोदीखोलाको तस्विर पनि अटाईएको छ ।
त्यसैगरी मोदी खोला वारपार गर्न बनाईएका झोलुुङ्गे पुल समेत राखिएको छ । कृषि, पर्यटन, जलश्रोत र स्थानीय कला संस्कृति नै मोदी गाउँपालिकाका मुख्य पहिचान र विशेषता भएकाले ती सवै कुराहरुलाई लोगोमा समावेश गरिएको निर्माणकर्ता कृष्णप्रसाद शर्माले जानकारी दिए ।