संसद विघन हुँदा किन मौन छन् नेम्वाङ ?

684
views

काठमाडौँ, २२, पुस । प्रतिनिधि सभा विघटनको अवस्थामा सुवास नेम्वाङ कसैले केही सोध्ला कि भनेर लुकेर बसेको आरोप लागेको छ । नेम्वाङ संसद विघटनको प्रश्नबाट भागेका भन्दै आलोचकहरु बढेका छन् ।

सर्वोच्च अदालतमा विचारधिन अवस्थामा रहेको संस.द विघटनको मुद्दामा आफैलेबनाएको संवधानको कु हुँदा मौन बसेका नेम्वाङमाथि दया जागेको प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले टिप्पणी गरेका छन् ।

थापाले बुधबार ट्वीटरमा लेखेका छन्, ’उहाँ त कसैले केही सोध्लान कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ । आफैँले बनाएको संविधानमा ’’कू’’ हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ’निरिहता’ देख्दा दया लागेको छ ।’

संसद विघटनविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतमा बुधबार बहस सुरु हुनुअघि तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा विघटनपछि उठेका प्रश्नको जवाफ नदिइ भागेको आरोप लगाएका छन् ।

थापाले लेखेका छन्, ’संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ ।’

यही प्रसंगलाई जोडेर तत्कालीन अध्यक्ष नेम्वाङले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भन्दै दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

विगतदेखि नै ओली पक्षमा देखिदै आएका नेम्वाङलाई संसद विघटन उचित नलागेको निकटस्थहरुलाई सुनाउने गरेको पनि खुल्न आएको छ । नेम्वाङलाई भेट्न आउनेहरुलाई पनि उनले केही भनेका छैनन् । बरु ओली र प्रचण्डमा भएका कुराहरु सुनाउँदै आएका छन् ।