अमेरिकी संसद्मा ट्रम्प समर्थकबाट हिंसात्मक आक्रमण

767
views

वासिङटन डिसी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर आक्रमण गरेका छन् । अमेरिकी कँग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला उनीहरुले संसद्भित्रै पसेर आक्रमण गरेका हुन् ।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । त्यसपछि बहस रोक्नु प¥यो । ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए ।

त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन् । उक्त प्रदर्शनमामा गोली चलेको थियो । गोली लागेर एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान भने हुन सकेको छैन । मृतक महिला भएको र उनी आम नागरिक रहेको प्रहरीले बताएको छ । बीबीसी