ओलीमा कम्युनिष्ट संस्कार छैन्–नेपाल

652
views

काठमाडौं, २९ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट नभएको बताएका छन् ।

आफ्नो समूहको काठमाडौं जिल्ला कमिटिद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले कम्युनिस्ट संस्कार गुमाइसकेको बताउँदै भने ‘केपी ओलीमा कम्युनिस्ट संस्कार छैन, उहाँ कम्युनिस्ट होइन, ।

नेपालले मध्यावधि चुनाव घोषणातर्फ संकेत गर्दै डमरु बजाएर टिकट बाँड्न लागेका ओलीको झुटको खेती सखाप पारेर अगाडी बढ्नुपर्ने बताए ।

अध्यक्ष नेपालले ओलीले केन्द्रीय कमिटीलाई ५ हजार पुर्याउने भनेकोतर्फ संकेत गर्दै सडकको धुलोमा परिणत हुने ठोकुवा गरे । उनले भने, ‘हेर्दैजानुहोस्, सडकको धुलोमा परिणत हुन्छ ।’