महासचिव पदबाट पौडेललाई हटाउने दाहाल–नेपाल समूहको निर्णय

637
views

काठमाडौँ — नेकपा (दाहाल–नेपाल) समूहले केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रियामा जाने निर्णय गरेको छ ।

पुस ७ को केन्द्रीय कमिटी बैठकको निर्णयबाट ओलीलाई पार्टी अध्यक्षबाट हटाएर उनको ठाउँमा माधवकुमार नेपाललाई ल्याएको दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठकले ओली र पौडेललाई कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

दुवै समूहले आफूलाई वैधानिक भएको दाबी गरिरहेका बेला दाहाल नेपाल समूहको शुक्रबारको स्थायी कमिटी बैठकले पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले साधारण सदस्यबाट समेत किन नहटाउने भन्दै बैठकमा सहभागी एक नेताले बताए ।

‘संसद् विघटन गरेर देशलाई राजनीतिक तथा संवैधानिक जटिलतामा फसाएकाले ओलीमाथि र त्यसको मतियार बनेकाले पौडेलमाथि पार्टी सदस्यतासमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’

नेकपा माधव–प्रचण्ड समूहले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ भने केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ ।