सरसफाईमा शसस्त्र प्रहरी (फोटो फिचर)

825
views

पर्वत, ६, माघ । शसस्त्र प्रहरी बलको २० औं स्थापना दिवसमा सरसफाई गरिएको छ । स्थापना दिवसमा मोदीवेणी दिव्य धाम परिसर र कुश्मा सदरमुकाममा सरसफाई गरिएको शसस्त्र प्रहरी बल चण्डिका गण पर्वतका प्रहरी नायव उपरीक्षक विकास अर्यालले जानकारी दिए ।

स्थापना दिवसलाई भव्य सभ्य र आम जनसमुदायलाई सु–सुचित गर्न र शसस्त्र प्रहरी राष्ट्र र जनताको रक्षक भन्ने भावनाको विकास गर्न पनि स्थापना दिवसमा विविध कार्यक्रम रहेको अर्यालले बताए ।

मावोवादी युद्ध चर्किदै गएपछी सरकारले २०५७ सालमा नेपाली सेना र नेपाल प्रहरीबाट केही जनशक्ति ल्याइ नेपाल सशस्त्र प्रहरी बलकोस्थापना गरिएको थियो ।

नेपालको एक अर्धसैनिक सुरक्षा निकायको रुपमा स्थापना भएको शसस्त्र प्रहरी बलले स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको छ ।