सुशिलको उपचारका लागि सुशिल बचाऊ अभियान

570
views

सुर्खेत । दैलेखको भगवतिमाई गाउँपालिका वडा नम्बर २ का सुशिल शाहीको उपचारमा सहयोग गरिदिन उनका आफन्तले अनुरोध गरेका छन् । तीन महिनादेखि बोनम्यारो रोगबाट पीडित सुशीलको घरको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।

उनका बाबु जन्मजात नै अपाङ्ग, आमा पाठेघरको बिरामी भएका कारणपनि सुशिलको उपचारमा थप समस्या देखिएको ‘सुशिल शाही बचाउ’ अभियानका अभियान्ता रामबहादुर शाहीले बताए ।

घरको आर्थिक अवस्था निकै दयनीय भएका कारण आफ्ना एकमात्र छोराको उपचार गर्न नसकिएको सहयोगी मनहरुलाई अनुरोध गर्न थालिएको उनका बुवा दिनेश शाहीले बताए ।

बोनम्यारो रोगबाट पीडित ११ वर्षीय सुशिलको उपचारमा ३० देखि ३५ लाखसम्म उपचार खर्च लाग्ने रकमको जोहो नभएकोले उपचारमा समस्या भएको छ ।

बोनम्यारो रोगबाट पीडित शाहीको उपचारको लागि सहयोग गर्नका लागि रामबहादुर शाहीको प्रभु बैङ्को खाता नम्बर १५१०१०२८०८५०००१३ अथवा १५१०१०२३८७०००११ मा पठाउन सकिने र सिधै ९८५८०६२५१० मा सम्पर्क गर्न सकिने आफन्तले बताइएको छ ।