आर्थिक अपचलन गरेको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

586
views

विराटनगर, १४, माघ । फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।

आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोरलाई प्रहरीले नियन्त्रणमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

४२ वर्षीय राठोर चार वर्षयता कलेजमा कार्यरत थिए । अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच कर्मचारी अस्पतालले काममा राखेको थिएन् । तर अस्पतालमा बुझाएको कागजात देखाएर बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

नक्कली कर्मचारी खडा गरी मेडिकल कलेजको पैसा अपचलन उजुरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

पाँचजना कर्मचारी मेडिकल कलेजमा काम गरेको विवरणमा देखिए पनि फिल्ड र स्टाफ लिस्टमा नदेखिएपछि प्रहरीमा जाहेरी परेको थियो ।