ढुक्क हुनुस निर्वाचन समयमा नै हुन्छः प्रधानमन्त्रि ओली

441
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन हुने बताएका छन्। चितवनमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘तोकिएको समय वैशाख १७ र २७ गते निर्वाचन हुन्छ। केही व्यक्तिहरूले अल्मल्याउनका चुनाव हुदैन भनेर भ्रम फैलाइरहेका छन् उनले भने, चुनाव हुन्छ। भ्रममा फैलाउनेहरू फैलाइरहून्।’

जनताको हित गर्नेहरूलाई चुनावमा जिताएर पठाउनुपर्ने बताए। ‘गफप्रेमीलाई होइन। विकासप्रेमीलाई जिताउनुपर्छ’ उनले भने, कोरोनाले विकासमा अलिकति समस्या भएको थियो। तर, सरकारले विकासको काम गरिरहेको छ।’

सरकारले सडक विद्युत्, शिक्षालगायत पूर्वाधारको विकासमा फड्को मारिसकेको जिकिर गरे। देशको राष्ट्रियताको रक्षा गर्दै अगाडि बढ्ने उनले बताए।