कम्युनिस्टकै खोल ओढेर कम्युनिस्ट पार्टीकै विरोधमा उत्रिएः ओली

409
views

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मै हुँ भन्ने केहीले पार्टी छोड्दैमा आन्दोलन समाप्त नहुने बताएका छन्।

राजधानीमा आयोजित किसान महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

मै हुँ भन्ने केहीले पार्टी छोड्दैमा आन्दोलन समाप्त हुँदैन, बरु अझ मजबुत र बलियो भएर जानेछ,उनले भने। प्रधानमन्त्री ओलीले तीन करोड नेपाली जनतामा दुई चारजना अन्त जाँदैमा पार्टी नफू्टने जिकिर गरे। उनले भने,आत्तिनु पर्दै। मनोवल गिराउनु पर्दैन। हामीले जित्नुपर्छ। हामी जित्नेछौं।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले माधव(नेपाल समूहलाई कम्युनिस्टकै खोल ओढेर कम्युनिस्ट पार्टीकै विरोधमा उत्रिएको समेत आरोप लगाए।

प्रचण्ड(नेपाल समूहले आमहडतालका नाममा सडकमा टायर बालेर,तरकारी फ्याकेर,गाडि जलाएर तमासा देखाएको उनको आरोप छ। एउटा आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकेर,गाडीमा आगो लगाए र टायर बालेर तमासा देखाए,उनले भने, उनले जसले फ्याके पनि त्यो प्रचण्ड(नेपाल समूहका कार्यकर्ताले नै फ्याकेको हो।

उनले प्रचण्ड आफू गाडिमा चढ्ने अरुका गाडी जलाउँदै हिँडेको भन्दै जनतालाई दुस्ख दिएर रमिते भएको समेत आरोप लगाए। प्रधानमन्त्री ओलीले असल नागरिक कानुन बाहिर नजाने भन्दै प्रचण्ड(नेपाल समूहलाई कानुन र नियमको पालना गर्न समेत सुझाव दिए। नियम तोड्न खोज्ने। कानुन मान्दैन भन्ने,उनले भने हिजोका दिनमा संविधान र कानुन मान्दैन भनेर उपद्रो मम्चाउनु भएको थियो अब ती दिन गए। कानुनको पालना गर्न सिक्नुहोस्।

प्रधानमन्त्री ओलीले प्रचण्ड(नेपाल समूहका कार्यकर्ता सिद्धिएको पनि जिकिर गरे। उनले भने,ुजो हामी यहाँ छौं भनेर लेख्या छन् तिनै उहाँहरुका कार्यकर्ता हुन्। त्यो नै उहाँहरुको पार्टी हो। अरु त रमिते मात्र हुन्।