कर्णाली सरकार विरुद्ध एन्फाले पेनाल्टी सुटआउटमा जित निकाल्यो

644
views

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा मैत्रिपुर्ण फुटबलमा एन्फा(११ ले कर्णाली सरकारलाइ ३- १ गोल अन्तरले हराएको छ ।

वीरेन्द्रनगरस्थित नवनिर्मित रंगशालामा भएको प्रतियोगिता कर्णाली सरकार विरुद्ध एन्फाले पेनाल्टी सुटआउटमा जित निकालेको हो ।

एक घण्टा भएको खेलमा दुबैतर्फबाट एकएक गोलको बराबरी भएपछि खेल टाइब्रकेमा धकेलिएको थियो । टाइब्रकेमा एन्फाले तिन गोल गर्दै नतिजा आफ्नो पोल्टामा पार्यो भने कर्णाली सरकारले एकमात्र सान्तोना गोल फर्कायो ।

कोभिड-१९ पछि सुस्ताएको फटबल गतिविधिलाइ चलाएमान बनाउन प्रतियोगिता आयोजना गरिएको हो । कोरोना कहरका कारण गत चैत १० देखि बन्द भएका भएको खेलकुद गतिविधि पुनः सञ्चालन गरिएको जिल्ला फुटबल संघ सुर्खेतले जनाएको छ ।

कर्णाली ११ को कप्तानी मुख्मन्त्री महेन्द्रबहादुर शाही र एन्फाको कप्तानी पुर्व राष्ट्रिय फुटबलका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिहंले गरेका थिए ।

प्रतियोगितामा मुख्यमन्त्री शाहीले ३० मिनेट खेल्नुभयो भने कृषि मन्त्री विमला केसी १५ मिनेट सम्म मैदानमा रहिन ।

यस्तै सामाजिक विकास मन्त्री दलरावलेले १० मिनेट खेल्दा सभामुख राजबहादु शाहीले ८ मिनेट खेले। दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्न शन्देस दिन पनि प्रतियोगिताको आयोजना गरिएको जिल्ला फुटबल महासंघ सुर्खेतका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए ।