मकवानपुरको राक्सिराङमा प्रहरी र स्थानीयबीच गएराति झडप

352
views

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका(१ मा पुगेको प्रहरी टोली र गाउँलेबीच झडप भएको  भएको छ।

गाँजा बरामद गर्न गएको प्रहरी टोली र स्थानीयबीच हिजो ९शनिबार० राती १० बजेतिर झडप भएको र केही गाउँले घाइते भएको थाहा लागेको छ।​

गाँजा बरामद गर्न भन्दै गाउँ पुगेको प्रहरी टोलीले गाउँलेसँग बियर, कोल्ड ड्रिंक्स, नगद र कुखुरा समेत जबरजस्ती उठाउन थालेपछि आफूहरूले प्रतिकार गरेको गाउँलेले बताएका छन्।

झडपका क्रममा दुईपटक हवाई फायर र तीनजना घाइते भएको थाहा लागेको छ।

बा १ ग २०९० नं को प्रहरी भ्यानमा केही प्रहरी र तीनजना अन्य व्यक्ति गाउँ पुगेको स्थानीयको भनाइ छ।

प्रहरीले परिचालन गरेका केही व्यक्तिहरूले प्रहरीकै सहयोगमा केही गाँजा बरामद गरेसँगै स्थानीय व्यक्तिको घरबाट नगद रकम, लोकल कुखुरा, पसलबाट बियर, कोल्ड ड्रिंक्स र चाउचाउ बिस्कुट समेत झिकेपछि आफूहरूले प्रतिकार गरेको गाउँलेको भनाई छ।

घटनापछि थप बलसहित इलाका प्रहरी कार्यालय मनहरीबाट पुगेको प्रहरी टोलीले मिलापत्र गर्न भनेर राक्सिराङ गाउँपालिका वडा न १ का वडाध्यक्ष कान्छाराम रुम्बालाई बोलाएपनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय लगेको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आरोप लगाएका छन्।

अध्यक्ष मल्लले गाउँमा प्रहरीले नै रातभरि आतंक मच्चाएर मिलापत्र गर्न भन्दै बोलाएर वडाध्यक्षलाई नियन्त्रणमा लिएको बताए।

मकवानपुर प्रहरीले गाँजा नियन्त्रण गर्न गएको प्रहरीमाथि स्थानीयले आक्रमण गरेपछि झडपको अवस्था बनेको प्रतिकृया दिएको छ।