कांग्रेसको पदाधिकारी बैठक बस्दै

488
views

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

गत पुस पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि पदाधिकारी बैठक बोलाएका हुन्।

सभापति देउवाका सहयोगी भानु देउवाका अनुसार बैठक आज दिउँसो तीन बजे बोलाइएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्वी तराईमा रहेको र बुधबार साँझसम्म काठमाडौं आइपुग्ने भएकाले आजका लागि पदाधिकारी बैठक बोलाइएको उनले बताए।

कांग्रेस सभापति देउवासँग नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटवार्ता गरेका छन्। हिजो देउवा निवास बुढानिलण्ठमा उनीहरु बीचमा भेटवार्ता भएको हो। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा तीन नेताहरुले छलफल गरेका हुन्।

छलफलमा अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भएपनि ठोस सहमति भने भएको छैन।