क्रान्तिकारी माओवादीद्धारा बुधबार ऐरिचोकमा कार्टुन प्रर्दशन भोली वीरेन्द्रचोकमा हुने

661
views

सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी)ले बुधबार सुर्खेतको ऐरिचोकमा कार्टुन प्रर्दशन गरेको छ ।
बुधवार सुर्खेतको ऐरिचोकमा बाङ्गेसिमल टेम्पोपार्कमा नेकपा (क्रान्तिकारी माओवादी)ले कोण सभा संङ्गै काटुन प्रदर्शन गर्दै कोण सभा सम्पन्न गरेको हो ।

सभामा वोल्दै नेकपा ९क्रान्तिकारी माओवादी०का केन्द्रिय सदस्य तथा देजमो नेपालका कर्णाली प्रदेश अध्यक्ष दिपकबहादुर शाहीले भने,‘यहि लोकतान्त्रिक व्यवस्थामा विप्लवले पनि यहि लोकतान्त्रिक संसदिय व्यवस्था स्वीकार्य भने लोकतान्त्रिक व्यवस्थाबाट समाजवाद पनि आउदैन ।,

त्यस्तै कोण सभालाई सम्वोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का दैलेख जिल्ला पार्टि सचिव विरेन्द्र सिंहले भने,‘जनतालाई धोका दिएको र जनताले धोका पाएको तर अब जनता विद्रोहमा उत्रिसकेको र अहिलेको सत्तालाइ ध्वस्त पार्ने बताए ।

‘अहिलेका सरकारि कम्युष्टि पार्टिका नेताहरु लोकतन्त्रबाट समाजवाद आउछ भनेर हिडेको सुन्दा अचम्म लाग्छ ।,

प्रतिक्रियावादीका दिनहरु सकिएको र धेरै कुराहरु कार्टुनले नै स्पस्ट भएको सिंहले बताए ।
कोण सभामा नेकपा (क्रन्तिकारी माओवादी) का सुर्खेतका पार्टि सचिव श्याम कार्कि,देजमो नेपालका पुर्ण पौडेल ले सम्बोधन गरेका थिए भने देजमोका जिल्ला अध्यक्ष श्याम कार्किले कार्यक्रम संचालन गरेका थिए ।

नेकपा (क्रन्तिकारी माओवादी) ले देशभरि कार्टुन पर्दशन गरिरहेको र सोहीअनुरुप मंङ्गलवार वाङ्गेसिमलमा (आज) बुधवार एरिचोक र भोलि वीरेन्द्रचोकमा कार्टुन पर्दशन र कोणसभा गर्ने केन्द्रिय सदस्य दिपक शाहीले बताए ।