प्रधानमन्त्रीको पार्टी सोध्न अदालत जाऊ : ओली

764
views

काठमाडौं, २४, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको पार्टी अदालतले स्पष्ट पारिदिएको बताएका छन् । महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘महिजो बोलिनँ उहाँहरूले प्रधानमन्त्रीको कुन पार्टी हो ? भनेर सोध्नुभयो । मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको ? भनेर ।’

प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले आफूलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिएको बताए । ‘उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि हटाइदिनुभएछ । म कुन पार्टीको भनेर अदालतले भनिदियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका मान्छेहरूले लडाइँ गरेर समस्या खडा गरिरहेको बताए । ‘यतिबेला देश चुनावमा गइसक्थ्यो। त्यसपछि राम्रो सरकार बन्थ्यो । संसद् किन पुनःस्थापना गरेको भन्दा त लडाइँ गर्न कराउन धामीँ नाच नाच्ने पो रहेछ व्यङ्ग गरे ।

संसद् अवरोध गरेर एसिड आक्रमणविरुद्धको सरकारले पेश गर्न लागेको अध्यादेश रोकेको प्रधानमन्त्री ओलीको आरोप थियो ।