सुनाचुरीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु

989
views

मकवानपुर । मनहरी गाउँपालिका(६ सुनाचुरीमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ८९ नम्बरको ट्रक शनिबार बिहान ठोक्किँदा तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बस चालक पर्साको वीरगञ्ज महानगरपालिका–१५ का ३५ वर्षीय मदन कुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५ वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनीलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार बस चालक थापा र सुनीलकुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कुशवाहको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएकाको हेटौंडामा उपचार भइरहेको छ ।