चर्चा बटुल्दै “नौतुनाको रेल” (भिडियो सहित)

1624
views

अर्जुन क्षेत्री
अमेरिका, २, चैत्र । हाल अमेरिकामा रहेर नेपाली लोक तथा दोहोरी गीत संगीतको कर्मक्षेत्रमा खटेका उदय भट्टराईको ‘नौतुनको रेल’ लोकगित भाईरल बनेको छ । ‘किन माया लाउँछ’ को चर्चा सेलाउन नपाउंदै भर्खरै बजारमा आएको अर्को गीत “नौतुनाको रेल” सामाजिक सञ्जालमा समेत भाईरल बनेको छ ।

घर छोडेर परदेश निस्किनु परेका अशंख्य नेपालीहरुको कथा समेटिएको उक्त गीतमा रेशम निर्दोष र शान्ति श्री परियारले स्वरमा सजिएको उक्त गीतमा केशब शर्मा सुवेदीको लय तथा लोकप्रिय सर्जक उदय भट्टराईको शव्द रहेको छ ।

गीतको म्युजिक भिडियोमा नम्रता सापकोटा र रेशम निर्देश देखिएका छन् । कुमार के.सीद्वारा निर्देशित भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

भट्टराईका ‘धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि, किन माया लाउँछ लगायतका दर्जनौ गीहरुले निकै चर्चा कमाएका छन् ।