ओलीलाई गौतमको आग्रह– प्रचण्डसँग अनुरोध गर्नुस्

530
views

काठमाडौँ, ३, चैत्र । नेकपा (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डसँग अनुरोध गर्न आग्रह गरेका छन् ।

मंगलबार एमाले एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको पूर्ण बैठकमा बोल्दै गौतमले भने ‘ओली जि नेतृत्वकै सरकार, उहाँकै नेतृत्वमा वामपन्थीहरु नआउने सरकार यसरी चल्छ ।’

उहाँले नै आव्हान गर्नुपर्यो कि हामी फेरि पनि वामपन्थी सरकार दिन चाहन्छौं,’ संयोजक गौतमले भने नेपालका कम्युनिष्ट पार्टीहरु सबैसित म हार्दिक आह्वान गर्छु कि हामीसित वार्तामा आउनुस्, सँगै बसौं र देशलाई अगाडि बढाउनको निम्ति हातेमालो गरौं, वामपन्थी सरकार बनाऔं भन्ने साहस गर्नुहोस् ।

वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको पनि बताए ।

एमालेभित्र अहिले समस्या रहेको भन्दै नेता गौतमले एमालेको जिम्मेवारी एकताबद्ध भएर मात्रै पूरा गर्न सकिने भएकाले पहल गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको बताए ।

संयोजक गौतमले माधव नेपाल समूहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्न प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधानविपरीत निर्णय फिर्ता गर्नुपर्ने बताए ।